बझाङमा निर्माणाधिन घर भत्काएको आरोपमा ३ जना पक्राउ

बझाङ – गत साउन ११ गते सो गाउँपालिका–७ स्यालढुंगामा स्थानीय पुड्के आखेडाको घर भत्काएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धामी गाउँका कृष्ण जोशी,भवानी जोशी र नन्दलाल जोशी रहेका छन् ।

केहीले थरीले दलित भएकै कारण उनको घर भत्काइएको दाबी गर्दै आएका छन् भने अर्को थरीले सार्वजनिक जग्गा खाली गराउने क्रममा ओखेडाको घर भत्काइएको भनिरहेका छन् ।

ओखेडाले आफ्नो लालपुर्जा भएकै जग्गामा घर बनाएको र निर्माणाधिन घर भत्काउनेहरु विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।ओखेडाले आफ्ना बुवाले २०५७ सालमै जग्गा किनेको बताउँछन् । उनको बनाउँदै गरेको घर मात्र भत्काइएको छैन् उनको परिवारले वर्षभरी खानुपर्ने मकैको बोट पनि काटिएको छ ।