कोशी तथा गण्डकी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।बुधबार बिहान देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, बुधबार राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।