यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। बुधबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ। यस्तै भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८० पैसा र बिक्री दर १४५ रूपैयाँ ४६ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २३ पैसा र बिक्री दर १६८ रूपैयाँ ९९ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.१ रुपैयाँ रहेको छ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३४ पैसा र बिक्री दर ३६ रूपैयाँ ५१ पैसा, मलेसियन रिंगिट एकको एकको खरिद दर २८.५७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७० रुपैयाँ, खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४७ रुपैयाँर काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसा रहेको छ।