लोक सेवा आयोगमा ३६० जनाका लागि जागिर खुल्यो

काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी माग गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै ३६० जना हलुका सवारी चालकका लागि आवेदन खुलाएको हो ।

आवेदन दिन चाहने इच्छुक योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीबाट गर्न सकिन्छ ।