अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदान गरेर खुलाइयो

ढोरपाटन, १ भदौ- भारी वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक स्थानीयवासी र जनप्रतिनिधिको श्रमदानबाट सञ्चालनमा आएको छ । उक्त आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकको दर्जनभन्दा बढी स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो ।

अवरुद्ध सडक निर्माण कम्पनीले नखुलाएपछि ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण), वडा नं ७ का अध्यक्ष धनबहादुर अदै, नगरपालिकाका कर्मचारी र स्थानीयवासीले श्रमदान गरी सञ्चालनमा ल्याइएका हुन् । सडकको विभिन्न स्थानमा पहिरो जाँदा दैनिक सयौँ स्थानीयवासी र पर्यटकले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले आफूहरुले श्रमदान गरेर हाल सडक सञ्चालनमा ल्याएको नगर उपप्रमुख कायतको भनाइ छ ।

सडकको ट्रयाक खुलेको वर्षौं बितिसक्दा पनि स्तरोन्नति हुन नसक्नु निर्माण कम्पनीको लापरबाही भएको भन्दै नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि काम नगरेको उहाँले गुनासो गर्नुभयो ।

तीन वर्षभित्र सडक ग्राभेल गर्नेगरी जिम्मा पाएको ओमबुद्ध कन्ट्रक्सन ठेकेदार कम्पनीले म्याद सकिन लाग्दा २५ प्रतिशत पनि काम नगरेको र पहिराले अवरुद्ध बनाएको र अप्ठ्यारो स्थानमा यात्रा सहज हुने गरी सडक बनाउन गरेको आग्रहलाई बेवास्ता गरेपछि आफूहरुले नै सडक मर्मतमा घन, गैती, बेल्चा लिएर उत्रिएको उपप्रमुख कायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिरोले सडक अवरुद्ध हुँदासमेत निर्माण कम्पनीले काम गर्दैन, सडकभरि यात्रु अलपत्र पर्छन्, निर्माण कम्पनी कहाँ छ थाहा छैन, त्यसले गर्दा हामीहरुले स्थानीयवासीसँग सहकार्य गरेर सडक खुलायौँ ।”

सडक अवरुद्ध हुँदा ढोरपाटन सिकार आरक्षको कार्यालय ढोरपाटन उपत्यकादेखि बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवललगायत सहरमा पुग्ने यातायात सञ्चालनमा आएका