यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। बुधवार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरको एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको छ।

युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८० पैसा , बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा र दक्षिण कोरिया १०० को खरिदमा ९ रूपैयाँ ९० पैसा र बिक्रीदर ९ रूपैयाँ ९४ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९८ रुपैयाँ २७६ पैसा रहेको छ।