चन्द्रयानको सफल अवतरणपछि पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतलाई बधाई

काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिनुभएको छ । चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको हो ।

भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, “चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतलाई ऐतिहासिक सफलता हासिल गरेको छ । यस मिसनको सफलताका लागि इसरोका वैज्ञानिक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहन्छु, मित्रराष्ट्रको ऐतिहासिक सफलतामा नेपाल र सम्पूर्ण नेपाली जनता पनि अत्यन्त हर्षित छौँ ।”