राष्ट्रपतिसँग जापानी सांसदहरुको भेटवार्ता

काठमाडौँ, ७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसद्को माथिल्लो सदनका सांसदहरू साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्यसमेत रहनुभएका कोबायाशी काजुहिरो र नागइ मान्बुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम् मैत्रीपूर्णसम्बन्ध रहेको बताउँनुभएको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा राष्ट्रपति पौडेले नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास तथा सुदृढीकरणमा जापान सरकारले निरन्तर पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।