यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं।आइतबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै आज अमेरिकी डलर एकको खरिद दर १३१।९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२।५४ रुपैयाँ, युरोपियन युरो एकको खरिद दर १४२।३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।०२ रुपैयाँ, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६।०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६।८१ रुपैयाँ रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८४।७१ रुपैयाँ र बिक्री दर ८५।०९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको छ ।