बढ्यो प्याजको मूल्य, यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्रतिकेजी नेपाली गोलभेडा ८०, सानो गोलभेडा ६० रुपैया ,रातो आलु ३६ रुपैयाँ, रातो आलु भारतीय ३६ रुपैयाँ, मुडेको रातो आलु ५० रुपैयाँ रहेको छ ।

सुकेको प्याज ७६ रुपैयाँ, लोकल गाजर १४० , काउली १०० रुपैयाँ, सेतो मूला १०० रुपैयाँ रहेको छ । यस्तै लाम्चो भन्टा ७० रुपैया केजी, तुने बोडी १२० रुपैया, घिउ सिमि लोकल १२० रुर्पैया, लौका ८० रुपैया,भिण्डी ६० रुपैया, स्कुस ५५ रुपैया र रायो साग १५० रुपैया रहेको छ ।