भूगोल इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २७ चैत । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ  ।लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिनु पर्नेहुन्छ । सर्वसाधारणका लागि भूगोल इनर्जीले चैत २३ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गरेको छ ।योमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता निष्कासन गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ७१ हजार ९१६ कित्ता छुट्याइएको छ । बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले मोलुङको इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ ।