चट्याङ लागेर जाजरकाेटमा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै – चट्याङ लागेर जाजरकाेटमा एक जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर आज आइतवार बारेकोट गाउँपालिका–५ की ३६ वर्षीया रेवती सिंहकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

बाख्रा चराएर घर फर्कने क्रममा चट्याङ पर्दा घटनास्थलमै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष रोक्काले जानकारी दिनुभयो ।