सुनकाे भाउ चार सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १३ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।