आज कहाँ-कहाँ पानी पर्छ ? यस्तो छ दिनभरको मौसम पूर्वानुमान

काठमाडौं – आज देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विभागले जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेशका पहाडी भू(भाग सहित बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू(भागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरुमा र देशका बाँकी भू(भागको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।