४ वर्षीय छोरासहित कहाँ गइन् कालीकोटकी गीता ?

कालिकोट। पछिल्ला दिनमा बेपत्ता हुनेहरुको संख्या बढीरहेका बेला कालीकोटमा एक महिला बेपत्ता भएकी छन्। पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही बेपत्ता भएकी हुन् ।

शाही एक्लै बेपत्ता नभई बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित बेपत्ता भएको प्रहरीले जनाएको छ । गीताकुमारी र उनका ४ वर्षीया छोरा टेकेन्द्र नावगैरास्थित डेराबाट बेपत्ता भए लगत्तै आफनतले खोजीकार्य सुरु गरेसँगै प्रहरीले पनि चासो देखाएको छ । उनी दैलेख भगवतीमाई ५९ कट्टी घर भएर हाल मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन्।१५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य हुन् ।

महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको थियो। पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर प्रहरीसँग पुगेपछि खोजी भइरहेको प्रहरीको भनाई छ । उनकी सौता रेश्मा शाहीसहित तीन जनालाई प्रहरीले नियन्त्रण्ढामा लिएर अनुसन्धान सुरु गरेको छ ।