यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। आज अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिद दर १३२.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०० रुपैयाँ रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४१.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.७० रुपैयाँ, बेलायती पाउण्ड एकको खरिद दर एकको खरिद दर १६२.०६ रुपैयाँ, साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ।

मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३७ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.६८ रुपैयाँ रहेको छ।