नेपालले दियो माल्दिभ्सलाई २१३ रनको चुनौती, व्याटिगं गर्दै माल्दिभ्स

१९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। नेपालले टस जितेर पहिला ब्याटिङ थाले लगत्तै गज्जबको खेल खेल्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोड्न सफल भएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाए । ६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपाललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए । मल्लले २० बलमा २ छक्का र ३ चौका प्रहार गरे । रोहितले २७ बलमा ३ छक्का र ३ चौका हिर्काए । गुल्सनले २१ बलमा तीन छक्का र १ चौका प्रहार गरे ।

पहिलो बलमा छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरी दोस्रो बलमा आउट भए । यसपटक भने कुशल मल्लको अर्थशतक पुर्याउने सपना पूरा हुन सकेन । दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको साझेदारी केही समय टिकेको भए नेपालले अझै ठूलो स्कोर बनाउन सक्थ्यो तर दीपेन्द्र क्याच आउट भएपछि नेपाललाइ ठूलो धक्का नै लाग्यो । जारी खेलमा अहिले माल्दिभ्सले जवाफी व्याटिगं गरिरहेको छ । फितलो खेलीरहेको कमजोर टिम माल्दिभ्सले आफ्नो पहिलो पलमा १ रन मात्रै लिएर खराब सुरुवात मात्रै गरेर आफ्ना ओपनरलाई नै गुमाउन पुगेको छ ।

यसअघि नेपालले मंगोलियाविरुद्ध रेकर्डका रेकर्ड बनाउँदै विश्वकिर्तीमानी कायम गरेको थियो । एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेसँगै चर्चा थपिएको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।