सेवाग्राहीको मागअनुसार काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

जानकी (बाँके)-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा सेवाग्राहीको मागअनुसार प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

अस्पतालले हालै सुरु गरेको बाल क्यान्सर वार्ड र पोष्ट अपरेशन वार्डको मंगलबार उदघाटन गर्दै उहाँले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्दा उपयुक्त हुने बताउनुभयो । मन्त्री बस्नेतले सेवा प्रवाहमा कुनै पनि किसीमको कमजोरी नगर्न पनि सुझाव दिनुभयो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले क्यान्सर अस्पतालका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिनुभयो ।