टाउकोमा गम्भीर चोट लागेर जुम्लाको आइसीयूमा राखिएका बिरामीको नेपाल वायुसेवाको जहाजबाट उद्धार

कर्णाली – टाउकोमा गम्भीर चोट लागेर विगत छ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसीयूमा राखिएका एक बिरामीलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पठाइएको छ ।

जुम्ला पातारासी गाउँपालिका–४ लुमगाउँका ३४ दीपबहादुर रावतलाई बिहीबार नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पु¥याइएको हो ।यही असोज ११ गते लुमगाउँको पुलबाट खस्दा उहाँको टाउकामा गम्भीर चोट लागेको थियो । घटनास्थलबाट तत्काल प्रतिष्ठान जुम्लामा पु¥याइएका रावतको सिटीस्क्यान गर्नुपर्ने तर उक्त सेवा जुम्लामा नहुँदा नेपालगञ्ज लैजानुपरेको रावतका आफन्त हरिबहादुर बुढाले जानकारी दिनुभयो ।