देश बनाउन सबै राजनीतिक दलबीचको एकता हुनुपर्ने : कमल थापा

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देशलाई विकासको बाटोमा अघि बढाउन सबै राजनीतिक दलबीचको एकता हुनुपर्नेमा जोड दिनुभएको छ ।

राप्रपा ललितपुर जिल्ला कार्यसमितिद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक दलबीच एकता नहुँदा देशले विकासको गति लिन नसकेको बताउँदै भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यका निम्ति पनि दलीय एकता आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलका नेताहरूले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको निम्ति काम गर्नुपर्नेमा जोड दिनुभयो ।