एनआरएनएलाई अमेरिकाको सिंगो नेपाली समुदायको साझा संस्था बनाउनुपर्छ – वरिष्ठ उपाध्यक्ष सुवेदी

सरकारले हालसालै कानूनी व्यवस्था संशोधन गर्दै गैह्रआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतीक अधिकारसहित नागरिक्ता दिने व्यवस्था गरेको छ । यसबाहेक यतिबेला अमेरिका लगायत केही मुलुकमा दोहोरो कर प्रणाली कायमै छ । जसकारण, नेपालमा अमेरिका लगायतका मुलुकमा रहेका एनआरएनएबाट लगानी आउन कठिन छ । यो समस्या समाधानका लागि अमेरिका एनएनआरएनएले आफ्नो पहल जारी राखेको छ । यही र यीनै विषयवस्तुमा आधारित रहेर अमेरिका एनआरएनएको वरिष्ठ उपाध्यक्ष नवराज सुवेदीसँग गरेको कुराकानीको संपादित अंशः–

अमेरिका एनआरएनएको वरिष्ठ उपाध्यक्ष बन्नुभएको छ । अब एनआरएनए अमेरिकामा तपाईको मूख्य एजेन्डा के हुन् ?
एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षको पदमा आएर गर्नेगरी मैले दुई एजेन्डा उठाएको थिए । जसमध्ये दोहोरो नागरिक्ताको विषयमा रहेको अन्यौलता हटाउने र दोहोरो कर प्रणालीलाई व्यवस्थित गर्ने मेरा एजेन्डा थिए । यसमध्ये दोहोरो कर प्रणालीको विषय अझै समाधान भइसकेको छैन । तर, दोहोरो नागरिक्ताको विषयमा नेपाल सरकारले हालै जारी गरेको नयाँ कानून एनआरएनएलाई आर्थिक, सामाजिक र सांस्कृतीक अधिकारसहित नागरिक्ता दिने व्यवस्था गरिएको छ । यसको नेतृत्व हामिले नै लिएका थियौं । आगामी दिनमा एनआरएनएलाई पूर्ण राजनीतिक अधिकारसहितको नागरिक्ताको व्यवस्था गरिनुपर्छ भन्ने हाम्रोमाग अघि बढ्दै गर्छ ।

दोहोरो करको विषयलाई समाधान गर्नका लागि हामि पहलमा छौं । अधिकांश देशका एनआरएनएसँग यो समस्या छैन । तर अमेरिकाका एनआरएनएसँग दोहोरो करको अवस्था समाधान भइसकेको छैन । अमेरिकाको गैह्रआवासीय नेपालीले नेपालमा लगानी गर्दा नेपाल र अमेरिका दुवै स्थानमा कर तिर्नुपर्ने अवस्था छ । यो समस्यालाई पनि दुई सरकारबीचको समझदारीमा हस्ताक्षर गरेर हटाउनुपर्ने अवस्था छ । यो समस्या समेत छिट्टै समाधान गर्ने गरी हामि लागिपरेका छौं । यसबाहेक, अमेरिकामा एनआरएनएलाई साझा संस्था बनाउने गरी एजेन्डा तयार भइरहेको छ । यसबाहेक, मातृभूमि नेपालमा गर्न सकिने सामाजिक काममा समेत हामि तयारी अवस्थामा छौं । मातृभूमिको समृद्धिका लागि अमेरिकाबाट ल्याउन सक्ने लगानीका विषयमा समेत पहल गरिरहेका छौं ।

तपाईलाई अमेरिकाको एनएआरएनएमा आफू नै किन उपयुक्त छु जस्तो लागेर यो पदमा आउनुभयो ?
मैले अहिलेसम्म मलाई यही पद चाहिन्छ भनेर भनेको छैन । यो सम्पूर्ण साथिहरुले नेपालमा मैले गरेको सामाजिक कामको आधारमा, सक्रियता र संस्थाप्रतिको प्रतिबद्धताको आधारमा तथा संस्थामा रहेर परिणामूखी नतिजा निकालेकाले अघि बढाएका हुन् । साथिहरुको चाहनाअनुरुप अघि बढ्दा अत्याधिक मतले विजयी भएको हुँ । अबको मेरो मूख्य जिम्मेवारी भनेको यो पदलाई न्याय गर्ने हो । खासगरी, अमेरिकामा रहनुभएका नेपाली दाजुभाई र दिदिबहिनीको विश्वासका कारण वरिष्ठ उपाध्यक्षको पदमा उपयुक्त भएको हो जस्तो लाग्छ ।
अहिले एनाआरएनएको बरिस्ठ उपाध्यक्षमा हुनु हुन्छ, यो यात्रासम्म कसरी आइपुग्नु भयो? स्मरण गर्नुन ।

म नेपालमा रहँदादेखि र विद्यार्थी कालदेखि नै समाजिक काममा सक्रिय रहने मान्छे हो । र, हाम्रो समाज र आफ्ना वरपर रहेका सम्पूर्ण समस्या समाधानमा सामाजिक कामको अगुवाई भूमिकामा रहन्थे । विद्यार्थीकालमा विद्यार्थीहरुको हकहित र न्यायका लागि समेत आफ्नो उल्लयख्य समय वेतित गरेको छु । यसबाहेक, त्रिभुवन विश्वविद्यालयमा हुने दिनहुको बन्दहड्ताल र ढुंगामुढाका कारण शैक्षिक वातावरण थिएन । उक्त समस्या समाधान गर्नका लागि मैले पनि नेतृत्व लिएको थिए । अहिलेपनि विश्वविद्यालयमा रहनुभएका प्रशासकले मलाई सम्झनु हुन्छ ।

दोस्रो विषय नेपालको अर्थतन्त्रमा मूख्य भूमिका नेपालको पूँजीबजारले खेल्दै आइरहेको थियो र छ । पूँजीबजारमा भएको सिंगो लगानीकर्ताको लगानी केही एकाधिकार लगानीकर्ताको हातमा थियो । उक्त समस्यालाई समाधान गर्न अनलाईन प्रणाली लागु गर्न, ब्रोकर कमिसन घटाउन र काठमाडौैंमा सिमित पूँजीबजार देशव्यापी बनाउन मैले नेतृत्वदायी भूमिका खेलेको थिए । अमेरिकामा आएपछि पनि मैले आफ्ना कामहरु निरन्तर गरिरहेँ र सिंगो नेपाली समाजलाई एकठाउँमा ल्याउनका लागि पहलकदमी भूमिका खेलेँ । अब अमेरिकामा रहेका सम्पूर्ण नेपाली समाजलाई एक बनाउने गरी भूमिका खेल्दै छु ।

अब अमेरिकाको एनआरएनएमा बसेर अमेरिका रहेका नेपालीका लागि के कस्ता काम गर्नुु हुन्छ ?
हामिले विदेशी भूमिमा हासिल गरेका सम्पूर्ण ज्ञान सिप सरकारसँगको समन्वयमा नेपालमा कार्यान्वयन गर्ने मूख्य लक्ष्य हुन्छ । विज्ञान प्रविधिको युग भएकाले प्रविधि ट्रान्सफर गर्नका लागि सामाजिक काम अघि बढाएका छौं । भूकम्प र कोभिडको समयमा नेपाललाई सक्दो सहयोग गरिरहेका छौं । यसबाहेक, नेपालमा एनआरएनए अमेरिका लगायत अमेरिकी नागरिकको समेत विदेशी लगानी भित्र्याउनका लागि आवश्यक पहल खेल्नेगरी काम गर्ने प्रबिद्धता हाम्रो छ ।

तपाईं एनआरएनए अमेरिकाको नेतृत्वमा आएपछी अमेरिकामा रहेका नेपालीले केकस्ता अनुभूति गर्न पाउछन् ?
व्यक्तीगत र एनआरएनए अमेरिकाले संस्थागतरुपमा समेत पहल गरेर दोहोरो नागरिक्ताको समस्या सँधैका लागि अन्त्य भइसकेको छ । र, अब हामि दोहोरो कर प्रणाली समाधानका लागि आवश्यक पहल भइरहेको छ र यो विषय समेत छिट्टै समाधान हुन्छ । वर्षेनी विभिन्न बाटोबाट अमेरिकामा नेपालबाट आउनुहुन्छ । उहाँहरु डिभी परेर ठूलो संख्यामा र अध्ययनको शिलशिलामा तथा अन्य माध्यमबाट समेत अमेरिकामा आउने गर्नुहुन्छ । विगतका दिनमा अन्य नेतृत्वले अमेरिकामा आउने नयाँ नेपालीलाई खास महत्व दिएको थिएन । तर, अहिलेको संस्थाले पूर्णरुपमा सहयोग गर्ने नीति लिएका छौं ।

यसबाहेक, हामिसँग भएको बजेट प्रत्येक महिना सार्वजनिक गर्छौं भने संस्थाको समिक्षा प्रत्येक महिना बैठक बसेर समिक्षा गर्छौं । म नेतृत्वमा आएपछि सिंगो नेपाली समाजमा आसा र भरोसा पलाएको छ । यसले संस्थाप्रति सकरात्मक सोचाई विकास भइरहेको छ भने संस्था चाहिनेरहेछ भन्ने धारणा विकास भइरहेको छ ।

नेपालमा अमेरिकाको लगानी भित्र्याउन कसरी काम गर्नु हुन्छ ?
दोहोरो कर प्रणालीको समस्या अन्त्य भएपछि यो प्रश्नको उत्तर भेटिन्छ जस्तो लाग्छ । अहिले नेपालमा अमेरिका एनआरएनएबाट लगानी गर्दा नाफाबाट दुवै देशमा कर तिर्नुपर्ने अवस्था छ । यो अवस्थाका कारण नेपालमा लगानीको समस्या छ । यसलाई समाधान गर्न नेपाल र अमेरिका सरकारबीच समझदारी आवश्यक छ । यो समस्या समाधान भएपछि नेपालमा अत्याधिकरुपमा लगानी भित्रन्छ भन्नेमा म ढुक्क छु । उक्त समस्या समाधान भएपछि अमेरिकामा रहेका नेपालीले विभिन्न क्षेत्रमा लगानी गरेर अमेरिकामा सिकेको सिप र ज्ञानसहित रकम लगानी गर्नुहुन्छ । त्यसपछि नेपालको आर्थिक क्षेत्र छोटो समयमा आमुल परिवर्तन हुन्छ भन्ने लाग्छ।

अन्त्यमा भावी योजनाबारे बताइदिनु न ।
हाम्रो भावि योजना भनेको एनआरएनएलाई सबैको साझा संस्था बनाउने नै हो । यसलाई सबैले महशुस गर्न सक्ने, पारदर्शी, बलियो र विश्वासिलो संस्था बनाउनु नै भावी योजना हो । नेपालको हाइड्रो, पर्यटन र कृषि क्षेत्रमा समेत गैह्रआवासिय नेपालीको ठूलो लगानी भित्रिरहेको छ । भावी दिनमा अमेरिकाबाट नेपालमा ठूलो मात्रामा विदेशी लगानी भित्र्याउने लक्ष्य नै हो ।