दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिजा गाँउपालिकाबीच भगिनी सम्बन्ध

जुम्ला, २९ असोज – ऐतिहासिक सिंजा राज्यको सितकालिन राजधानी रहेको दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिजा गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ ।
सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईको उपस्थितिमा दुल्लुका नगर प्रमुख र उपप्रमुखसँग सिंजा र दुल्लु क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गरिने गरी भगिनी सम्बन्धको ऐतिहासिक निर्णय भएको छ ।”

कल सांस्कृतिक, असल अभ्यास आदानप्रदान गर्ने र समस्या, चुनौती साँझा चासोका विषयमा दुई पक्ष हित हुने गरी सामूहिक पहलसम्बन्धी सिंजा खस भाषाको जन्मथलोसमेत रहेको सिंजासँग भगिनी स्थापना हुनु भनेकै गैरवको कुरा भएको दुल्लु नगर प्रमुख रिजालको भनाइ छ ।
दुल्लु नगरपालिका जनप्रतिनिधिलाई ऐतिहासिक सिंजा उपत्यका भ्रमणको निम्तोसमेत दिएको सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले जानकारी दिनुभयो ।