सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।