महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौँ, १४ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित सङ्घीय संसद सचिवालयमा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिनासँगको भेट लगत्तै महासचिव गुटेरेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गर्नुभएको छ । उहाँहरुबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो ।

महासचिव गुटेरेसले आजै सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुहुनेछ । चारदिने नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसक्नुभएको छ ।