‘लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सबैलाई जोड्ने काम गरेको छ’ उपराष्ट्रपति

काठमाडौँ, २८ कात्तिक- उपराष्ट रामसहायप्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताउनुभएको छ । तिहार पर्व ९शुभ दीपावली०, २०८० को पावन अवसरमा शुभकामना व्यक्त गर्दै ‘दीपावली हाम्रो सामाजिक, सांस्कृतिक र धार्मिक परम्परालाई अक्षुण राख्ने मौलिक संस्कृतिको महत्वपूर्ण पाटो हो, यस अवसरमा बालिने प्रकाशले हाम्रा सबै खराब आचरण, व्यवहार, विचारलाई त्याग्न उत्प्रेरित गर्नु पनि हो’ उहाँले भन्नुभएको छ ।

यसले आफूभित्रको अँधारो पक्षलाई तिलाञ्जली दिँदै व्यक्तिलाई स्वच्छ र नैतिकवान बन्ने सन्देश पनि दिने उहाँको विश्वास छ । अत्यन्तै हर्षोल्लासका साथ मनाइने दीपावली नेपालको दोस्रो ठूलो महान पर्व हो । प्रकाशमय यो पर्वको आध्यात्मिक सन्देश भनेको अन्धकारमाथि प्रकाश शक्ति र अज्ञानतामाथि ज्ञान शक्तिको विजयलाई दर्शाउनु हो । यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवम् दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ । यो पर्व अन्तर्गत धनतेरस, नरकचतुर्दशी, काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवद्र्धन पूजा, म्हः पूजा र भाइटीका ९भातृ द्वितीया० पर्दछन् ।

यो पर्व मनाउने तयारी धेरै पहिलेदेखि घर, पसल र कार्यस्थल सफा सुग्घर गर्दै सुरु हुन्छ । धेरैले यो पर्वका अवसरमा आ–आफ्नो घरआंगन सजाउन रङ्गीचङगी फूल, रङ्गोली र झिलिमिली बत्तीको प्रयोग गर्छन् । कुकुर, काग, गाई, गोरुको पूजा गर्ने, लक्ष्मी पूजा गर्ने, देउसी भैलो खेल्ने, हुक्का लोली ९हुक्कापात्ती० खेल्ने, हुर्राहुर्री खेल्ने र कुस्ती प्रतियोगिता गर्ने, दाजुभाई– दिदीबहिनीबीचको सम्बन्धलाई बलियो बनाउन भाइटीका ९भातृ द्वितीया० मनाउने, मिठाइ बाँड्ने, एकअर्कालाई शुभ दीपावलीको शुभकामना आदानप्रदान गर्ने परम्परा परापूर्वकालदेखि रहिआएको छ ।

उपराष्ट्रपति यादवले ‘विविधतामा एकता’ को सन्देश सञ्चार गर्ने हाम्रा चाडपर्वहरुको सारतत्व एवम् उद्देश्य समाज र देशमा सामाजिक एकता, धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नु नै हो पनि भन्नुभएको छ ।
–––