‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’ : बिमलेन्द्र निधी

जनकपुरधाम, १७ मङ्सिरः नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र लगानी स्वदेशमा उपयोग गर्नु सकारात्मक भएको भन्दै प्रशंसा गर्नुभएको छ । गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘बेलाको होम अप्लायन्सेस’को जनकपुरस्थित शाखा उद्घाटन गर्दै नेता निधीले विदेशमा सिकेको सीप उपयोगको वातावरण बनाउनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा बेलाको होम अप्लायन्सेसका प्रमुख कार्यकारी अधिकृत अब्दुल बसिदले कम्पनीले मधेस क्षेत्रलाई लक्षित गरी शाखा बिस्तार गरिएको बताउनुभयो । कम्पनीले हाल घरायसी प्रयोगका लागि उत्पादन गरेका विभिन्न ४३ प्रकारका विद्युतीय सामान बिक्री सुरु गरेको र निकट भविष्यमा जनकपुरबाटै ती सामग्रीको उत्पादन सुरु गर्ने उहाँको भनाइ थियो ।

‘बेला’ ब्रान्डका घरायसी सामग्री तथा उपकरण संयुक्त अधिराज्य र कतारमा बिक्री वितरण हुँदै आएकोमा हाल नेपालमा बिक्री सुरु गरिएको कम्पनीका नेपाल प्रमुख लक्ष्मण सापकोटाले बताउनुभयो ।