पूर्वराष्ट्रपतिद्वारा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, २३ मङ्सिर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बाँसवारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत रहनुभएका गृहमन्त्री श्रेष्ठलाई भेटी उहाँको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले जानकारी लिनुभएको श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठको यही मङ्सिर १९ गते मुटुमा समस्या आएपछि एन्जियोप्लास्टि सर्जरी गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको र चाँडै नै डिस्चार्ज हुने केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताउनुभयो ।