उत्तरी म्यानमारमा सैनिक र सशस्त्र समूह बीच अस्थायी युद्धविराम

बेइजिङले चीनको सीमा नजिकै म्यानमारको सैनिक र जातीय सशस्त्र समूहहरू बीचको लडाइमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गरी अस्थायी युद्धविराम र वार्ताको गतिलाई कायम राख्ने लगायतका अन्य थुप्रै सम्झौताहरू भएको जनाएका छन् ।

म्यानमारको सेना र समूहहरू बीच चीनको सहयोगमा हालै भएको वार्ताको परिणाम स्वरूप यस किसमको घटनाक्रमको विकास भएको हो । चीनको सीमा नजिकका केही गाउँमा सशस्त्र समूहले कब्जा जमाएको छ ।