‘देशमा सोचेअनुसार विकास गर्न सकिएन’: सभामुख घिमिरे

सुरुङ्गा (झापा), २ पुस : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोचेअनुसार देश विकास गर्न नसकिएको बताउनुभएको छ । हल्दिबारी गाउँपालिका–२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले केही उदासीनताका कारण देशमा सोचेअनुसार विकास गर्न नसकिएको बताउनुभयो ।
संसद् विकास कोषको रकम रोकिएकाले पनि संसद्को निर्वाचन क्षेत्रमा हुने विकास निर्माणका आयोजनामा प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो ।
लक्ष्मीनारायण मन्दिरमा यही पुस १० गते आयोजना गरिने  महायज्ञबाट सङ्कलित रकमले मन्दिर व्यवस्थापन तथा सामुदायिक भवन निर्माण गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ