माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दैछ । बैठकआज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक नेताले जानकारी दिए ।

आजको बैठकमा पार्टीको राष्ट्रियसभा निर्वाचन, रुपान्तरण अभियान लगायत विभिन्न विषयमा छलफल हुनेछ । भदौदेखि शुरु भएको अभियान अब पुस १६ मा सकिँदैछ । त्यसपछि केन्द्रीय समिति बैठक पनि बोलाइने बताइएको छ । बैठकमा माघ ११ मा हुने निर्वाचनका बिषयमा पनि छलफल हुनेछ ।