काठमाडौंका यी क्षेत्रमा आजदेखि विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा ४ दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेकोले बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

आज चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडामा विद्युत् आपूर्ति बन्द हुनेछ भने शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।