राष्ट्र बैङ्कमा जागिर खाने सुवर्ण अवसर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैङ्कले विभिन्न पदमा सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका लागि दरखास्त माग गरेको हो ।

आवेदन दिन चाहने योग्यता पुगेका नेपाली नागरिकले तोकिएको मितिमा आवेदन दिन सक्नेछन् । बैङ्कले तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । यस्तै दोब्बर दस्तुर तिरेर माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।