दाङमा यात्रुवाहक बसले ठक्कर दिँदा विद्यालयबाट घर फर्किर्दै गरेका बालकको मृत्यु

देउखुरी (दाङ), १६ पुस : घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नंको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिएको थियोे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जानकारी दिनुभयो । घटनापश्चात् स्थानीयले सो सडक अवरुद्ध गरेका छन् ।