जाजरकोट भूकम्पप्रभावितका लागि प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन

काठमाडौँ- जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ । उहाँले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिनुभयो ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माणकाक्रम जारी छ ।