सशस्त्र प्रहरीमा जागिर खाने सूवर्ण अवसर

काठमाडौं – सशस्त्र प्रहरीमा जागिर खुलेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ प्रहरी निरीक्षक र ९८ सहायक निरीक्षकका लागि जागिर खुलाएको हो ।

सूचनामा ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि जागिर खुलेको हो ।इच्छुक र योग्यता पुगेका व्यक्तिहरुले माघ १० गतेसम्म दरखास्त फाराम भर्न सक्नेछन् ।