असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – आजदेखि शुरु हुने असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी हुँदैछन् । उनले आज पहिलो दिनमा नै सम्बोधन गर्ने भएका छन् । भोलिसम्म चल्ने यस सम्मेलनमा सहभागी पछि प्रचण्ड आजै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुने भएका छन् ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँं आइपुग्ने कार्यक्रम रहेको छ ।