प्रहरीलाई अपराध अनुसन्धानमा खरो उत्रिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई कसैको पनि दबाब र प्रभावमा नपरी अपराध अनुसन्धानमा खरो उत्रिन निर्देशन दिएका छन् ।

अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले प्रहरीलाई अनुसन्धान सघाउन गृह नेतृत्व तयार रहेको बताए ।

गृहमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी अपराधीलाई दण्डित गर्ने उद्देश्यले अपराध अनुसन्धान गर्न समेत प्रहरीलाई निर्देशन दिए । उनले अपराध अनुसन्धानमा मानव अधिकारको सम्मान गर्न र निर्दोष नागरिकलाई झन्झट नदिनसमेत आग्रह गरे ।

उनले भने,‘यदि कसैले दबाबमा पार्न खोज्छ भने दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रियामा त्यस्ता प्रहरी अधिकारीको रक्षाका लागि गृह मन्त्रालय सदैव तयार छ ।’ उनले प्रहरीको सुरुवाती अनुसन्धानले नै जनताले न्याय पाउने वा नपाउने भन्ने निक्र्योल गर्ने भएकाले अपराध अनुसन्धानमा कुनै कमजोरी नगर्न समेत आग्रह गरे ।

Post Views: 2