आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७१ पैसा रहेको छ।