आजको विदेशी मुद्राको विनिमय दर, चाइनिज युआनकाे भाउ १८ रूपैँया बढी

काठमाडौ, १४ असार । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा रहेको छ।  हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९५  पैसा र बिक्रीदर १३१ रूपैयाँ ५५ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४३ रूपैयाँ ३५ पैसा र बिक्री दर १४४ रूपैयाँ १ पैसामा काराेबार भएकाे थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ २५ पैसा र बिक्री दर १६७ रूपैयाँ ०१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ८७  रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसामा काराेबार हुनेछ ।

उता, चाइनिज युयानकाे १ काे खरिदद १८ रूपैँया ८ पैसा र विक्रि दर १८ रूपैयाँ १७ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३  पैसा, दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर  १० रूपैयाँ ५ पैसा ताेकेकाे छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा कायम गरेकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.४ रुपैयाँ तथा बिक्री दर २८.१७  रुपैयाँ  र साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ काराेबार गर्न सकिने जनाएकाे छ ।