जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई सौर्य बत्ती वितरण

काठमाडौँ, १८ माघ : ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी)’ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई एक हजार थान सौर्य बत्ती वितरण गरेको छ । उनीहरुलाई ‘पोर्टेबल बत्ती’ वितरण गरिएको हो ।

दिगो बिजुली आपूर्ति सुनश्चित गर्ने अपेक्षासहित विद्यार्थीलाई रातिको समयमा अध्ययन गर्न सहज होस भनेर सौर्य बत्ती वितरण गरिएको सिएफआरडीले जनाएको छ । भूकम्प प्रभावति क्षेत्रका विद्यार्थी शिक्षा लिनबाट वञ्चित हुनुनपर्ने सिएफआरडीको विश्वास छ ।

विपद् र प्रकोपका कारण नियमति विद्युत आपूर्ति अवरुद्ध भएको क्षेत्रमा पनि विद्यार्थीको सिकाइ जारी राख्न यसबाट सघाउ पुग्ने सिएफआरडीले जनाएको छ । सिएफआरडीले गत पुसमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न सामग्री, न्यानो कपडालगायत राहत सामग्री वितरण गरेको थियो ।