कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदहरूमा कर्मचारीको आवेदन माग गरेको छ । बिहीबार सूचना प्रकाशित गरी बैंकले कर्मचारी माग गरेको हो । बैंकले आठौँ तहको शाखा प्रमुखमा २ जनाको माग गरेको छ ।

त्यस्तै ७ औँ तहको वरिष्ठ लेखा अधिकृतमा २ जना कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको छ । त्यस्तै छैठौँ तहका व्यवसाय अधिकृतमा ३२, कम्प्युटर अधिकृतमा २, इन्जिनियर आइटीमा १, कर्जा अधिकृतमा ६ जना कर्मचारी माग गरेको छ ।त्यस्तै पाँचौँ तहका व्यवसाय सहायकमा १६, कानुन सहायकमा १, कर्जा सहायकमा ३ र ओभरसियरमा १ जना कर्मचारी मागेको छ । त्यस्तै चौथो तहको लेखापालमा ४६ जना कर्मचारी माग गर्दै बैंकले आवेदन आह्वान गरेको हो ।