बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका–८ रापकमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही नगरपालिका–८ रापकका भरतबहादुर रावल र वीरबहादुर रावलको घरमा विद्युत्को तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।

आगलागी भएको खबर प्रहरीलाई गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याएको दुर्गा भञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए ।

आगो नियन्त्रणमा सेनानी सिंहको नेतृत्वमा आगो नियन्त्रणमा आएको छ । आगो लागेर करिब चार लाख बराबरको क्षति भएको छ । विद्युत्को तार सट भएपछि आगलागी भएको हो । आगलागीले लत्ता कपडा, अन्नपात जलेर सखाप पारेको सेनानी सिंहले बताए ।