NNDSWO कालिकाेटका अध्यक्ष जय वहादुर वि क द्धारा जर्वजस्तीकरणी गरी वलात्कार

कालिकोट जिल्ला खाडाचक्र नगरपालिका वडा नं ९ का ३२ वर्षिया जय वहादर विकले ३६ वर्षिया महिला लाई जर्वजस्तीकरणी गरी वलत्कार गरेका छन् । आरोपित वि क ले वलात्कार गरेको भन्दै पिडित महिलाले जिल्ला प्रहरी कार्यालय कालिकोटमा २५ गते उजुरी दिएका छन् ।

पिडित महिलालाई आरोपित जय वहादुर वि क ले यसै माघ २३ गते रात्रि आफन्तको नुवारनमा गएको समयमा पिसाव फेर्न घरवाट निस्किने क्रममा लखेड्दै समातेर वारीमा वलात्कार गरेको पिडित महिलाले वताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी परे लग्गतै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल आरोपित फ्रहार अवस्थामा रहेकोले खोजिकार्य भईरहेको कालिकोट प्रहरी प्रमुख डिएसपि चक्र वहादुर शाहले वताउनु भएको छ ।

पिडित महिलाको स्वास्थ्य परीक्षण माघ २५ गते जिल्ला अस्पताल कालिकोटमा गरीएको जिल्ला अस्पताल कालिकोटका सुचना अधिकारी कटक महतले वताउनुभएको छ । आरोपित विक नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटका अध्यक्ष तथा दलित अधिकार कर्मी रहेका छन् ।

सार्वजनिक पदारोण गरेका तथा अधिकार कर्मि जस्तो व्याक्तिले जर्वजस्तीकरणी गरी वलात्कार गरेको हुदाँ आरोपित वि क लाई कडा सजाय हुनुपर्ने पिडितका आफन्त र अधिकार कर्मीको दवाफ रहेको छ ।