कालिकोट जिल्ला रास्काेट नगरपालिका स्थीत शान्तिघाट वजारमा अारसिपि वजार देखी जितेबवार जादै गरेको मे १ ज ११४९ नम्बरको बुलवुले यातायातको जिपले शान्नि त्रिवेणी गाउँपालिका वडा – ७ का गोविन्द सिम्खाडाका दुई वर्षिय छोरा प्रेम सिम्खाडालाई ठक्कर दिदा बालकको मृत्यु भएको छ ।

घटनामा प्रत्येक्ष दर्शी स्थानिय गौरी संज्यालले का अनुसार, बच्चा सडकको छेउमै खेलिरहेको थियो, उताबाट जिप तिब्रगतीमा आइरहेको वेला बच्चाको खुटामा छोएको थियो र त्यस लगतै गाडि चालकले गाडि पछाडी ल्यार च्यापे पछी मृत्यु भएको उहाँकाे भनाइ रहेकाे छ ।
जानी जानी गाडि चालकले बालकको ज्यान लगेको भन्दै स्थानिय व्यापारी, र मृतकका आफन्तजनहरुले जिपमा आगजनी गरेको छन भने अहिले शान्तिघाट बजारकाे स्थिति तनाव ग्रस्त अवस्थामा रहेको छ ।
गाडि चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने, गाडि मालिक सम्पर्कमा नरहेकाे प्रहरी चौकी शान्तिघाटले जनाएको छ ।