युवा सशक्तिकरणका लागी रास्कोट नगर सरकार लाई ज्ञापन पत्र हस्तान्तरण

कालिकाेट । नीति निर्माण, निर्णय एवम कार्यान्वयनमा सहभागी गराउन का लागी रास्कोट नगरपालिका स्थित १ देखी ९ वडाका युवाहरुले चैत्र ६ गते एक कार्यक्रमको आयोजना गरी नगरसरकार लाई ज्ञापन वुझाएका छन् ।


युवा शक्ति कुनै पनि देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि हो । यो मानव संसाधन विकासको प्रमुख साधन हो तर रास्कोट नगरपालिका राजनिति पुर्वाग्रहीका कारण निश्चि युवा पंतिहरुले मात्र अवसर पाएको र अन्य युवाहरुले समान अवसर पाउनु पर्ने भन्दै नगर सरकार लाई ज्ञापन पत्र वुझाएको कार्यक्रमका सहभागी सुपारी तिरुवाले वताउनुभएको छ ।


तिरुवाका अनुसार पालिका स्तरका हरेक अवसरको वाडफाट समुचीत नभएको हुदाँ आगामि दिनहरुमा समता तथा समानाताको को उचित प्रयोग गरी अवसरको वाडफाड गर्नु पर्ने भएको हुदाँ पालिका स्तरका हेरक विकासका गतिविधिमा युवाको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्नुपर्ने युवावर्गमा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गरी पालिकाको आधारभूत शक्तिका रुपमा स्थापित गर्दै उनीहरुमा रहेका क्षमता उजागर गर्ने प्रवन्ध मिलाउनुपर्ने, श्रमको उचित सम्मान गर्ने संस्कृति विकास गर्दै युवाको शारिरीक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सुंसस्कृत, सिर्जनशील तथा व्यवसायिकरुपमा दक्ष युवा जमात तयार गरी विकास निमार्णमा लगाउनुपर्ने, युवाका आधारभूत अधिकारहरु सुनिश्चित गर्दै उत्पादनशील स्रोतहरुमा उनीहरुको पहुँच बढाएर राष्ट्रका राजनीतिक, आर्थिक, सामाजिक एवम सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवम कार्यान्वयनमा सहभागी गराउनुका साथै लैङ्गिक संवेदनशीलतामा आधारित अर्थपूर्ण सहभागिताका माध्यमबाट नेतृत्व क्षमता विकास गर्नुपर्ने मागहरु सहित र्यालिको आयोजना गरी नगर सरकार लाई ज्ञापन पत्र वुझाएको वताउनु भएको छ ।


नगर सरकार को तर्फ वाट ज्ञापन पत्र वुझ्दै नगर प्रमुख काशिचन्द्र वरालले आगामि दिनहरुमा यि मागहरु सम्वोधन हुने गरी नगरपालिकाका सम्र्पुण युवा लक्षित क्रियाकलापहरु संचालन गर्ने र निर्णय क्षमतामा युवाहरुको पहुँच पुर्याउनुका साथै अवसरहरु समान तवरले वाडफाड गरी युवाहरुले सकारात्मक अनुभुति हुने खालका कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
ज्ञापन पत्र वुझाउने कार्यक्रमको नेतृत्व तथा सहजिकरण मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका वालिका तथा युवा सशक्तिकरण परीयोजनाका सुपरभाईजर तथा साझाखवर डट कम अनलाईका व्यावस्थापक सुपारी तिरुवाले गर्नु भएको थियो ।