कालासिल्ला मा वि ले जित्यो पलिका स्तरीय राष्ट्रपति रनिंङ्ग सिल्ड

३ कार्तिक २०८०, कालिकोट

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा तिन दिन सम्म संचालनमा रहेको पालिका स्तरीय राष्ट्रपति रनिंङ्ग सिल्ड कालासिल्ला माध्यामीक विद्यालय गोर्खालिगाँउले जित हात पार्न सफल भएको छ ।

तिन दिन सम्म संचालनमा रहेको प्रतियोगीतामा भलिवल, दौड, लमजम्म, त्रिपल जम्प, हाइजम्फ, सटफुट, ज्यापिलिंग थ्रो, कवडी लगायतका खेलहरु संचालन गरी १५ स्वर्णपदक, ८ रजत पदक, ५ काष्य पदक ल्याएर श्री कालासिल्ला माध्यामिक विद्यालय प्रथम, ९ स्वर्ण पदक, ७ रजत पदक, ११ काष्य पदक ल्याएर श्री बढीमालिका माध्यामिक विद्यालय द्धितिय र ५ स्वर्ण पदक, १० रजत पदक, ८ काष्य पदक ल्याएर श्री मोतिराम माध्यामिक विद्यालयले तृतिय स्थान हासिल गरेको सहभागी रेफ्री अन्जना महताराले वताएकी छन् ।

 

रेफ्री महतारका अनुसार तिन दिन सम्म संचालीत खेलका सहभागी खेलाडीहरुलाई खाना नास्ता तथा वस्नको राम्रो प्रवन्ध रहेको ले खेलाडीहरु निकै खुसी भएको वताइएको छ ।

प्रतियोगिता सम्पन्न कार्यक्रममा सहभागी प्रमुख अतिथि नगर प्रमुख धर्मराज शाही (पोषण) ले विजेता खेलाडी तथा सहभागी खेलाडीहरुलाई वधाई मनतव्य दिदै आगामी दिनमा रास्कोट नगरपालिका लाई जिल्लाकै नमुना खेल क्षेत्रको प्रतिकको रुपमा चिनाउन उल्लेखनीय योगदान गर्नुका साथै ठुलाे आर्थिक लगानि गर्ने वताएका छन् । उनले थपे आगामि दिनमा रास्कोट नगरपालिका का सवै विद्यालयमा खेल शिक्षकको व्यावस्थापन गरी खेल क्षेत्रमा ठुलो टेवा पुर्याउने लक्ष्य रहेको वताएका छन् ।

प्रतियोगितामा नेतृत्वको भुमीका निर्वाह गरीरहेका रेफ्रीहरुलाई प्रमाण पत्र प्रदान गरी आयोजकले सम्मान गरेको थियो भने सहभागी रेफ्रीहरु आयोजक वाट उचित सम्मान नभएको हुदाँ असन्तुष्ट रहेको  सरोकारवालाहरुले वताएका छन् ।