पहिरोका कारण ले अवरुद्ध कर्णालि राजर्मागको आवजावत सुरु

कालिकोट जिल्ला सान्नित्रिवेणी गाउँपालिका वडा नं १ मा पर्ने लुसा गाउँको भिरवाट खसेको पहिरोले अवरुद्ध कर्णालि राजर्माग ९ दिन पछी खुलेको छ ।

गत असार ९ गते आएको सुख्खा पहिरोले कर्णालि राजमार्गको भौरेकुनामा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि गाडिहरुको आवत जावत तथा मानिसहरुको हिडडुल सममेत वन्द रहेको थियो ।

असार १७ गतेका दिन गाउँपालिकाका अध्यक्ष डम्वर वहादुर शाहीको नेतृत्वमा उक्त पहिरोको अनुगमन भईसके पछि अवरुद्ध वाटो खोल्न नेपालि सेना लाई पालिका मार्फत अनुरोध गरीएको थियो ।

अध्यक्ष शाहीको पहल लग्गतै सडक निर्माणमा रहेका नेपालि सेनाले अवरुद्ध कर्णालि राजमार्ग १८ गते का दिन खोलेका थिए ।

अहिले कर्णालि राजमार्गको जिते वजार देखी नरहरीनाथ सान्नीत्रिवेणी, रास्कोट , पलाता, पचालझरना लगायतका सडक संचालन भएको ठाउँसम्म गाडिहरुको आवतजावत भइरहेका छ ।