स्टिम एजुकेशन सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न।

नेपालग‌ँज वाके/- प्लान ईन्टरनेश्नल नेपालको आयोजनामा तिन दिवशिय स्टिम एजुकेसन सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम ६ नम्वर प्रदेशको नेपालंगज स्थित होटल स्नहेमा सम्पन्न भएको छ ।

तालिममा विशेष गरी विद्यालय स्तरमा पठन पाठन भईरहेको गणित विज्ञान र ईन्जीनयिरीङ विषयको पठाई लाई वर्तमान पाठ्यक्रम संग एकीकृत गरी गुणस्तरीय व्यावहारीक सिकाई उदेश्य प्राप्ती गर्ने उदेश्यले तालिम संचालन गरेको आयोजक सस्थाका शिक्षा विज्ञ वेद प्रसाद डागीले वताउनुभएको  छ।


तालिममा शैक्षणीक पद्धति, स्टिम एजुकेशनमा नेपालले गरेका अभ्यासहरु, कक्षा १ देखी ३ सम्म एकिकृत पाठ्यक्रम, स्टिम एजुकेशन मा लैगिक रुपान्तरण, स्टिम एजुकेशन लाई विद्यालय स्तरीय योजनामा समावेश लगाएतका विषयहरुमा सुन्सरी, सिन्धुलि, मकावनपुर, वाके, वर्दिया,कालिकोट जुम्ला र डोल्पा जिल्लाका शिक्षा विकास तथा समवन्य ईकाइ, पालिका स्तरीय शिक्षा साखा, साझेदार सस्था र प्रदेश स्तरका सामाजिक विकास मन्त्रालयका प्रमुख तथा प्रतिनिहरु लाई प्रशिक्षण गरीएको डागी ले वताउनुभएको छ।

तालिमको सहजिकरण काठमाडौ विश्वविद्यालयका उप प्राध्यापक विनोद प्रसाद पन्तले गर्नुभएको थियो भने तालिमा प्लान ईन्टरनेश्नल नेपाल कर्णालि प्रदेशका क्षेत्रिय व्यावस्थापक मिना पराजुलिको सहक्रिय सहभागीता रहेको थियो ।