१५ असार २०७८ /-कालिकाेट-कालिकोट जिल्लाको तिलागुफा नगरपालिका जुविथा स्थित हरीचौरमा NT नेटवर्कको टावर स्थापना भइ सचालनमा अाएको छ ।

नगरपालिका मेयर रतन वहादुर शाहीको विशेष पहलमा तिलागुफा नगरपालिकाका नागरीकहरु लाई टेलिफोन सेवामा पर्न गएको असर लाई मध्यनजर गदै समस्या समाधानका लागी नमस्ते नेटवर्कको टावर स्थापना गरी सँचालन गरीएको छ ।
टावर निर्माण भईसके पछि तिलागुफा नगरपालिका का सम्र्पुण नमस्ते टेलिफोन प्रयोग कर्ताहरु लाई संचार गर्नका लागी सहजता आएको छ ।
विगत धेरै वर्ष देखी टेलिफोन टावर नभएर संचार गर्न नपाएका जनताहरु खुसी भएर नगरपालिकाका मेयर रतन वहादुर शाही आभार सहित धन्यवाद समेत प्रकट गरेका छन् ।
नगरपालिकाका मेयर रतन वहादुर शाही ले यो लगाएत सयौ योजनाहरु जनहितकारी संचालन गरेको हुदाँ तिलागुफा नागरीकहरु धेरै खुसी रहेका स्थानियको भनाई रहेको छ ।