शिक्षाको दियो वन्यो कोचिङ्ग कक्षा

२५ जेष्ट कालिकाेट,/- कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ८, वड्ढुंगा वस्ने गोविन्द्र टमटा दलित समुदायको अत्यन्तै गरीव परीवारका एक विद्यार्थि हुन । उनको घरमा आमा, वुवा ३ वटा वहिनी र उनि एक मात्र भाई हुन भने उनको घर परीवारमा जम्मा ६ जना सदस्य रहेको छन् ।

अत्यन्तै गरीव परीवारमा जन्मेका गोविन्द्रको घरमा आमा वुवा निरक्षर भएको हुदाँ उनको पढाईमा निकै चुनौतिपुर्ण रहको थियो । उनी विद्यालय वाट पढेर आई सके पछि गृहकार्य गर्दा उनलाई समस्या परेका कुराको समाधान गर्न निकै कठीन हुने गर्दथ्यो । उक्त समस्या लाई समाधानका लागी गाउका छिमेकि पढेलेखेका व्याक्तिहरुको घरमा गएर समस्या समाधान गर्ने गर्दथे । उक्त समस्या समाधानका लाई घण्टौ कुुर्नुपर्ने, समय वरवार्द हुने गर्दथ्यो ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा संचालित कर्णालि शिक्षा परीयोजना मार्फत विद्यालयको हाता क्षेत्रमा पर्ने दलित समुदायका अति कमजोर वालवालिकाका लागी गृह कक्षा संचालन (होम कोचिंग कक्षा) गर्दा जनजागृति माध्यामिक विद्यालय पनि लक्षित हुन पुग्यो । लक्षित भएको जनजागृति माध्यामिक विद्यालयको वड्ढुंगा को दलित समुदायमा गृह कक्षा संचालन सहजकर्ता सुमित्रा कुमारी उपाध्याय मार्फत हुदै गर्दा गोविन्द्र टमटा लगायत २० जना वालवालिकाहरु लाई कक्षा संचालन गर्ने क्रममा उक्त कक्षा वाट उनि पनि लक्षित भएका थिए ।

गृह कक्षा संचालन ३ महिना संचालनको क्रममा निरन्तर ईमान्दार पुर्वक कक्षामा सहभागी हुने र आफुले जानेका कुराहरु अरु लाई सेयर गर्ने एक इमान्दार विद्यार्थि हुन गोविन्द्र टमटा । टमटाको तिन महिना कोचिंग कक्षाको क्रममा पहिलाको सारै कमजोर अवस्था सृद्धृढीकरण गरेर कक्षाको उतकृष्ट विद्यार्थि वन्न सफल भए उनि कोचिंग कक्षामा मात्र दक्ष नभएर विद्यालमा पनि निरन्तर रुपमा गृहकार्य गर्ने तथा इमान्दार बिद्यार्थिको रुपमा चिनिन्छन गोविन्द टमटा । गोविन्द टमटा विद्यालयमा पनि पठन पाठनमा स्थान हासिल गर्न सक्षम भएका छन् । उनको पठन पाठनको लगनसिलता लाई हेरेर विद्यालयका शिक्षक तथा अभिभावकहरु पनि उनि प्रतिको सहानुभति प्रकट गर्दछ । उनि भन्छन् म सारै विपन्न तथा दलित समुदायमा जन्म लिएर जन्मेको व्याक्ति तथा निरक्षर परीवारको व्याक्ती लाई किर्डाक नेपाल मार्फत संचालन भएको कोचिंग कक्षा ले मलाई लक्षित गर्यो जसले मेरो शिक्षा क्षेत्रको कमजोरी अवस्थालाई सुधार गरेर मलाई दक्ष वनाउन सफल भएर मेरो जिवनमा शिक्षाको दियो वन्यो । त्यसर्थ म किर्डाक नेपाल लाई तथा सहयोग गर्ने दातृ निकाय र पढाउने सहजकर्ता सुमित्रा कुमारी उपाध्याय लाई हार्दिक धन्यवाद व्याक्त गर्न चाहान्छु ।